रेडियो कार्यक्रम “सुरक्षित आवास” #Agorapodcast8
२७ असोज २०८० ५:०४रेडियो कार्यक्रम “सुरक्षित आवास” #Agorapodcast7
१४ असोज २०८० १५:३३हैन के हो यो रातो,पहेँलो हरियो भन्या ?
सुन्नुहोस् र पढ्नुहोस् अनी थाहा पाउनु हुन्छ ।
रेडियो कार्यक्रम “सुरक्षित आवास” #Agorapodcast6
७ असोज २०८० १२:२४रेडियो कार्यक्रम “सुरक्षित आवास” #Agorapodcast5
१ असोज २०८० १२:३९रेडियो कार्यक्रम “सुरक्षित आवास” #Agorapodcast4
रेडियो कार्यक्रम “सुरक्षित आवास” #Agorapodcast4
३१ भदौ २०८० १४:५५घर भनेको बारम्बार बनाउने होइन | त्यही भएर सोचेर बनाउनु पर्छ ।
घर भनेको बारम्बार बनाउने होइन | त्यही भएर सोचेर बनाउनु पर्छ । तपाईंले घर बनाउन लाग्नु भएको ठाउँ सुरक्षित छ कि छैन भन्ने थाहा पाएर मात्रै घर निर्माण गर्नुपर्छ ।जनधन, सम्पत्ति, जीविकोपार्जनप्रति संवेदनशील भएर आइपर्न सक्ने संकटबारे सचेत भएर बस्ने, खोला नदी अतिक्रमण गरी घर तथा पूर्वाधार नबनाउने | घर, विद्यालय, शौचालय, स्वास्थ्य संस्था तथा कलकारखाना जस्ता संरचनाहरू पहिरो आउन सक्ने ठाउँ, अति भिरालो, दलदल भएको ठाउँमा चाहिँ बनाउनु हुँदैन । घर भन्ने कुरो मूल सडक, विद्यालय, अस्पतालजस्ता सामुदायिक पूर्वाधारबाट पनि नजिक हुनुपर्छ । खोला वा बाढीले असर गर्न सक्ने क्षेत्रभन्दा कमसेकम पनि सय मिटर टाढा पालिकाले सुरक्षित भनेर तोकेको स्थानमा मात्रै निर्माण गर्नुपर्छ ।
२२ भदौ २०८० १३:३२उद्योग खोल्नका लागि जमिन छान्नु भयो त ?
जीविकोपार्जनका लागि होस् वा व्यावसायिक प्रयोजनका लागि, आफूले उपयोग गर्न खोजेको जमिन कस्तो छ, कत्तिको सुरक्षित छ भनेर बुझ्नु पर्दछ ।
१९ भदौ २०८० ८:५९रेडियो कार्यक्रम “सुरक्षित आवास” #Agorapodcast3
१८ भदौ २०८० ७:०९जानिराखौं जोखिम संवेदनशील भू-उपयोग नक्सामा अङ्कित रातो, पहेंलो र हरियो रङको अर्थ
पालिकामा रहेका प्रकोपयुक्त क्षेत्रहरूको पहिचान गरी सम्भावित विपद्हरूबाट हुन सक्ने क्षतिलाई समेत आँकलन गरी पूर्वाधार विकासलाई सुरक्षित बनाउन तयार गरिएको नक्सा हो ।
यसमा बस्ती तथा पूर्वाधार विकासका लागि अनुपयुक्त, मध्यम उपयुक्त र उपयुक्त क्षेत्रहरूलाई रातो, पहेँलो र हरियो रङले छुट्याइएको हुन्छ ।
रातो रातो रङले चिनाइने गरेको क्षेत्र प्राकृतिक प्रकोप तथा विपद्का हिसाबले उच्च जोखिमको सम्भावना भएको क्षेत्र हो ।
यो क्षेत्र बस्ती विकास र पूर्वाधार निर्माणका लागि अनुपयुक्त क्षेत्र भएकाले सकेसम्म बस्ती विकास र निर्माणलाई निरुत्साहित गरिन्छ । गर्नैपरेको खण्डमा निर्दिष्ट भवन संहिता तथा निर्माण मापदण्ड पूरा गरेर मात्र पूर्वाधार निर्माण गर्न सकिन्छ ।
पहेँलो पहेँलो रङले चिनाइने गरेको क्षेत्र प्राकृतिक प्रकोप तथा विपद्का हिसाबले मध्यम जोखिम तथा विकास निर्माणका लागि मध्यम उपयुक्तता भएको क्षेत्र हो; जहाँ भवन संहिता तथा निर्माण मापदण्डअनुरूप सुरक्षाका हिसाबले नियन्त्रित उपायहरू अपनार्इ पूर्वाधार निर्माण गर्न सकिन्छ ।
हरियो हरियो रङले चिनाइने क्षेत्र प्राकृतिक प्रकोप तथा विपद्का हिसाबले सबैभन्दा कम जोखिम भएको तथा विकास निर्माणका लागि उपयुक्त क्षेत्र हो जहाँ भवन संहिता तथा निर्माण मापदण्ड पालना गरी पूर्वाधार निर्माण गर्न प्रोत्साहित गरिन्छ । थप जानकारीका लागि आफ्नो वडा कार्यालय वा पालिकामा सम्पर्क राख्नुहोस् । भोलि हैन आजै थालौँ, विपद् जोखिम न्यूनीकरणको पूर्वतयारी गरिहालौँ ।
१३ भदौ २०८० १७:०१नगरपालिकाले तयार पारेको जोखिम संवेदनशील भू-उपयोग नक्सामा अङ्कित हरियो रङको अर्थ के हो ?
भोलि हैन आजै थालौँ, विपद् जोखिम न्यूनीकरणको पूर्वतयारी गरिहालौँ
१० भदौ २०८० ९:३४नगरपालिकाले तयार पारेको जोखिम संवेदनशील भू-उपयोग नक्सामा अङ्कित पहेँलो रङको अर्थ के हो ?
भोलि हैन आजै थालौँ, विपद् जोखिम न्यूनीकरणको पूर्वतयारी गरिहालौँ
१० भदौ २०८० ९:३४नगरपालिकाले तयार पारेको जोखिम संवेदनशील भू-उपयोग नक्सामा अङ्कित रातो रङको अर्थ के हो ?
भोलि हैन आजै थालौँ, विपद् जोखिम न्यूनीकरणको पूर्वतयारी गरिहालौँ
१० भदौ २०८० ९:३३रेडियो कार्यक्रम “सुरक्षित आवास” #Agorapodcast2
१० भदौ २०८० ९:१७के तपाईंको घर, बस्ती वा खेतबारी पहिरो नजिकै छ ?
के तपाईंको घर, बस्ती वा खेतबारी पहिरो नजिकै छ
बाढी आउन सक्ने खोला वा नदी किनारनेरै पो छ कि
अथवा जङ्गल वा आगलागी हुन सक्ने क्षेत्र नजिकै पो छ कि
वा अति भिरालो जमिनमा पनि त हुन सक्छ
आफ्नो क्षेत्रमा हुन सक्ने यी र यस्ता सम्भावित प्राकृतिक प्रकोप तथा त्यसबाट उत्पन्न हुन सक्ने विपद्का जोखिमबारे थाहा पाउन एकदमै जरुरी छ ।
विपद पछि वा अघि अपनाउनु पर्ने सावधानी र सतर्कताले तपाईं आफूलाई र आफ्नो समुदायलाई यसप्रति तयार हुन, बच्न अनि हानिबाट जोगिन मद्दत पुग्छ ।
जस्तै कि–
आफ्नो घर, बस्ती खेतबारी र उद्योग क्षेत्रमा के कस्तो प्रकोप जोखिम हुन सक्छन् बुझिराख्ने ।
आफ्नो नजिकमा पर्ने प्रहरी १००, दमकल १०१, एम्बुलेन्स १०२ तथा नगरपालिकाको आपतकालीन उद्धार तथा राहत शाखाको सम्पर्क नम्बर लिइराख्ने र विपद् आइहाले तुरुन्तै सम्पर्क गर्ने ।
यसका साथै जनधन सुरक्षाका अरु उपायहरु र राहत तथा उद्दारसम्बन्धी जानकारी लिइराख्ने ।
यसबारेमा थप कुरा बुझ्न आफ्नो पालिकाको वडा कार्यालयको विपद् व्यवस्थापन केन्द्र वा नगरपालिकाको कार्यालयमा आजै सम्पर्क गर्नुहोस् ।
सुरक्षित भवन निर्माणका मापदण्डहरू के के हुन्
सुरक्षित भवन निर्माणका मापदण्डहरू के के हुन् र जोखिम संवेदनशील भू-उपयोग नक्सामा के के विषयहरूमा ध्यान दिइएको हुन्छ?
थप जानकारीका लागि अफ्नो वडा कार्यालय वा पालिकामा सम्पर्क राख्नुहोस् ।
भोलि हैन आजै थालौँ, विपद् जोखिम न्यूनीकरणको पूर्व तयारी गरिहालौँ ।
रेडियो कार्यक्रम “सुरक्षित आवास” #Agorapodcast1
४ भदौ २०८० ८:०१प्राकृतिक प्रकोप तथा विपद्ले हानि वा क्षति पुर्याउने मात्र हैन, ज्यानै पनि लिन सक्छ
प्राकृतिक प्रकोप तथा विपद्ले बासस्थान,धनसम्पत्ति,खेती गर्ने जमिन,सांस्कृतिक सम्पदा,बिजुली,खानेपानी,सञ्चार र सडक
जस्ता पूर्वाधारमा हानि वा क्षति पुर्याउने मात्र हैन, ज्यानै पनि लिन सक्छ ।
थप जानकारीका लागि आफ्नो वडा कार्यालय वा पालिकामा सम्पर्क राख्नुहोस् ।
भोलि हैन आजै थालौँ, विपद् जोखिम न्यूनीकरणको पूर्वतयारी गरिहालौँ ।
३२ साउन २०८० १२:२८प्राकृतिक प्रकोप तथा विपद्का बेला सम्झनुपर्ने फोन नम्बरहरू
प्राकृतिक प्रकोप तथा विपद्का बेला सम्झनुपर्ने फोन नम्बरहरू
प्रहरी-१००, दमकल-१०१, एम्बुलेन्स-१०२, वा पालिकाले तोकेका सम्पर्क नम्बरहरू
यी सबै सेवाहरू तपाईंकै लागि हुन् ।
भोलि हैन आजै थालौँ, विपद् जोखिम न्यूनीकरणको पूर्वतयारी गरिहालौँ ।
प्राकृतिक प्रकोप तथा विपद् जोखिम न्यूनीकरणको पूर्वतयारी कसरी गर्ने ?
प्राकृतिक प्रकोप तथा विपद् जोखिम न्यूनीकरणको पूर्वतयारी कसरी गर्ने ?
कृषि, पूर्वाधार, जनधन, घर, अस्पताल, विद्यालय, सम्पदा
• प्राकृतिक प्रकोपद्वारा सिर्जित विपद्ले यी सबैथोकलाई एकैपटक नष्ट गर्छ भन्ने पनि होइन ।
• तर महत्त्वपूर्ण तथा संवेदनशील पूर्वाधारहरूमध्ये सबैभन्दा बढी कुन र के–कस्ता जोखिममा छन् भनेर समुदायमा जोखिमको आँकलन गर्ने ।
• यसबारेमा आफ्नो बस्ती तथा समुदायमा छलफल गर्ने ।
• सम्भावित विपद्को सूची बनार्इ सुरक्षित रहने उपायहरू खोजिराख्ने ।
थप जानकारीका लागि आफ्नो वडा कार्यालय वा पालिकामा सम्पर्क राख्नुहोस् ।
भोलि हैन आजै थालौँ, विपद् जोखिम न्यूनीकरणको पूर्वतयारी गरिहालौँ ।
के तपाईं हालसालै भवन निर्माण गर्नेबारे सोचिरहनुभएको त छैन ?
के तपाईं हालसालै भवन निर्माण गर्नेबारे सोचिरहनुभएको त छैन ?
• त्यसो हो भने आफ्नो पालिकाले बनाएको जोखिम संवेदनशील भू-उपयोग नीति, नक्सा र भवन निर्माण मापदण्डबारे जानकारी लिनुहोस् ।
•विपद् जोखिम कम गर्न पालिकाले उपलब्ध गराउने स्रोत, सहयोग र सहुलियतको फाइदा उठाउनुहोस् ।
थप जानकारीका लागि आफ्नो वडा कार्यालय वा पालिकामा सम्पर्क राख्नुहोस् ।
भोलि हैन आजै थालौँ, विपद् जोखिम न्यूनीकरणको पूर्वतयारी गरिहालौँ ।
भोलि हैन आजै थालौँ, विपद् जोखिम न्यूनीकरणको पूर्वतयारी गरिहालौँ ।
बाढी, पहिरो,अगलागी,भूकम्प, चट्याङ जस्ता प्रकोप कति बेला आउँछन् यसै भन्न सकिँदैन तर सम्भावित जोखिमबारे सचेत हुनुले आफूले सामना गर्नुपर्ने क्षतिका बारे अझ राम्ररी बुझ्न मद्दत पुग्छ । यसले तपाईंलाई पूर्वतयारी गर्न पर्याप्त समय पुग्छ र तपाईंले बेलैमा आफू, आफ्नो घर, परिवार, बस्ती र पूर्वाधारहरूलाई कमभन्दा कम क्षतिमा बचाउन वा सुरक्षित राख्न सक्नुहुन्छ ।
थप जानकारीका लागि आफ्नो वडा कार्यालय वा पालिकामा सम्पर्क राख्नुहोस् ।
भोलि हैन आजै थालौँ, विपद् जोखिम न्यूनीकरणको पूर्वतयारी गरिहालौँ ।
USAID – US Agency for International Development USAID Nepal